ओम अस्पतालमा मृत्यु भएकी धनुषाको लालगढकी महिलामा कोरोना पुष्टि



मेरो प्रदेश सम्वाददाता
धनुषा


धनुषाकी एक महिलाको कोरोना भाइरसको संक्रमण का कारण मृत्यु भएको छ । काठमाडौंको चाबहिल स्थित ओम अस्पतालमा उपचार गराई रहेकी उनको उपचारका क्रममा निधन भएको हो ।

धनुषाको मिथिला नगरपालिका(१० लालगढकी ७२ वर्षीया ति महिला
साउन १७ गते बिहान अस्पताल भर्ना भएकी थिईने सोही दिन मध्यान्ह १२ बजे उनको मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको थियो ।

बिहीबार आएको कोरोना परीक्षणको रिपोर्टमा ती वृद्धामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

ती वृद्धा दम, होइपोथाइरोडिजम र उच्च रक्तचापकी बिरामी रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button