जलेश्वरबाट स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरी प्रहरीले शुक्रबार महोत्तरीको सदरमुकाम जलेश्वर बाट स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा जिल्लाको लोहापट्टी नगरपालिका १ बगडा बस्ने २४ वर्षीय रविन यादव र सोही ठाउँका २८ वर्षीय राम ईश्वर यादव रहेका छन् ।

पक्राउ परेका दुबैजना प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा जलेश्वरबाट जनकपुरधामतर्फ जाँदै थिए जनकपुर जाने क्रममा जलेश्वर नगरपालिका २ जिरोमाइलमा नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई चेकजाँच गर्दा मोटरसाइकल चालक रविनको साथबाट रू. १००० को १६ सय ७५ वटा नोट र रू. ५०० को ५५० वटा नोट गरी रू.१९ लाख ५० हजार बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।
पक्राउ परेका दुबैजनाको बिषयमा आवश्यक अनुसन्धान भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close