बुधबार बिहान पनि  गण्डकी प्रदेशमा  थप २८ जनामा कोरोना पुष्टि



गण्डकी प्रदेशमा बुधबार बिहान पनि  थप २८ जनामा कोरोना पुष्टि भएको छ ।  गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको  जानकारी अनुसार प्रदेशका ६ जिल्लाका  थप २८ जनामा  कोरोना  पुष्टि भएकाे छ । 

संक्रमितहरु स्याङजाका ८ जना, तनहुँका १ जना, नवलपरासी पुर्बका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना र बाग्लुङका ३ जना   गरी कुल  २८ जना रहेका छन् । याे संगै  गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ९ सय ९४ पुगेको छ ।


संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

 यस्तै  गण्डकी प्रदेशमा अहिलेसम्म २ सय १४ जना कोरोना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button