नेपाल सरकार तथा नेकपाले भारतसंगकाे राेटिबेटिकाे सम्बन्ध बिगार्न खाेजेकाे ः साेनलकाे अाराेप



सीमा क्षेत्रमा रहेका जनताबीचको सम्बन्ध बिगार्न नेपाल सरकार तथा नेकपा लागि परेको प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आरोप लगाएका छन् ।


वीरगंज महानगरपालिकाको ७ औं नगरसभामा सोनलले यस्तो गम्भीर आरोप लगाएका हुन् । उनका अनुसार सीमा क्षेत्रका जनतामा रोटीबेटीको सम्बन्ध बिगार्ने चेष्टा गरिएकोले त्यो स्वीकार्य कदापी सह्यि नहुने बताए ।

तराई मधेसका लाखौं जनताले सीमाको निःशुल्क रक्षा गरी राष्ट्रियतालाई प्रमाणित गरिरहँदा पनि नेपाल सरकार तथा नेकपाले मधेश र मधेसी जनतालाई हेर्ने विभेदकारी तथा उपेक्षित दृष्टिकोण कहिल्यै परिवर्तन हुन नसकेको जिकिर गरे ।

उनले महानगरको नगरसभामाथि केन्द्रित भई भौतिक विकास मात्र विकास नभएर समाजिक, आर्थिक र साँस्कृतिक विकास नभएसम्म प्रदेश नं २ र समग्र देशकै विकाश हुन नसक्ने प्रतिकृया दिए । यसकालागी आवश्यक योजनामा मात्र लगानी गर्न स्थानीय सरकारहरुलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा कोभिड(१९ नियन्त्रणमा संघीय सरकारले आफ्नो जिम्मेवारीबाट पछि हटेको अवस्थामा स्थानीय सरकारले पूरा गरिरहे उद्धघोष गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button