काेराेना: सर्लाहीका १४ सहित प्रदेश २ का थप १५ जना निकाे भइ घर फर्के

अस्पतालका निमित मेसु मेडिकल सुपरिटेन्डेन्ट डा जामुनप्रसाद सिंहका अनुसार सर्लाहीका १४ र जनकपुरका १ जना शुक्रबार साँझ डिस्चार्ज भएर घर फर्किएका छन् ।
यसअघि यस अस्पतालबाट ८ जना निको भएर घर फर्किसकेका छन्। ४० बेडको आइसोलेसन रहेको प्रादेशिक अस्पतालमा अब एकजना महिला सहित १४ संक्रमित उपचार गराइरहेका छन् ।