एक दिनमा ३० हजार राजस्व असुली

निकेश खनाल
बर्दिवास असोज १४
हिन्दु नेपालीहरुको महान चाँड दशैको आगमन संगै जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरी ,ईलाका प्रहरी कार्यालय बर्दिवास, यातायात सेवा कार्यालय बर्दिवास, ईलाका प्रबसाशन कार्यालय बर्दिवास र बर्दिवास नगरपालिकाको संयुक्त टोलीले मंगलवार बर्दिवास, काठमाडौ सडक खन्डको बिपी राजमार्ग अन्तरगत महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा संयुक्त सवारी चेक जाँच तथा सवारी अनुगमन गरेको छ । सो क्रममा ३० वटा ठुला तथा साना सवारी साधनलाई कारवाही गरी ३० हजार राजस्व असुली गरेको छ ।
चाँड पर्वको बेला सवारी दुर्घटना न्युनिकरण गर्न तथा चाँड पर्वमा हुन सब्क्ने भाडा दरमा यात्री ठगी नयुनिकरण गर्न सो अभियान चलाईएको महोत्तरी ट्रफिक प्रहरीले जनएको छ । अनुगमन टोलीले चेक जाँचको क्रममा सिट क्षमता भन्दा बढी यात्री बोब्ने ,ओधर भबर लोड बोक्ने, सवारीको कागज पत्र नबोक्ने ,बढी भाडा असुल्ने, सवारीको अवस्था ठिक नराख्ने सिट बेल्ट र हेल्मेट नलगाउने लगायत ट्रफिक नियम उलंघन गर्ने ८ वटा सवारीका साधको कागज पत्र यातायात सेवा कार्यालयले नियन्त्रणमा लिई आवश्यक करवाही गरेको छ । अनुगमनको क्रममा सो राजमार्गमा चल्ने सवारीका साधनका चालकलाई ट्रफिक नियम सम्बन्धि सचेतनाकालागी महोत्तरी ट्राफिक प्रहरीले सुझाब समेत दिएको छ ।