माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु



निकेश खनाल
बर्दिवास असोज ५
महोत्तरीको बर्दिवास नगरपालिका १२ बिजलपुरा, चल्कीटोलको पोखरीमा डुबेर शनिवार राती एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ घर भएका केदार प्रसाद पराजुलीकी ३० बर्षिय श्रीमती मिना सुबेदी रहेकी छिन । मिना र केदार लामो समयदेखी पेशाले पोखरीमा माछा मार्ने काम गर्दै आएका थिए । शनिवार राती मिना बिजलपुरा , चल्की टोलको पोखरीमा बल्छी हालेर माछा मार्न गएकी थिईन माछा मार्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ । मृतकको शबलाई पोस्टमार्टमकोलागी शनिवार राती जनकपुर अंचल अस्पताल लगिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button