महिला केन्द्र बहुउद्देश्य सहकारी संस्थाको १६औ साधारण सभा सम्पन्न



निकेश खनाल
बर्दिवास असोज ४


महिला केन्द्र बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा महोत्तरीको बर्दिवासमा सम्पन्न भयो ।
साधारणा सभामा बार्षिक प्रतिवेदन र गत बर्षको आर्थिक कारोवार संस्थाकी अध्यक्ष सारदा दहालले पेश गरेकी थिइन् । कार्यक्रममा संस्थाले राम्रा शेयरधनी बचतकर्ता ऋण्ी लगायतलाई सम्मान पनि गरेको थियो । साधारण सभामा १८ सय भन्दा बढी महिला सदस्य उपस्थित थिए । २०६० सालमा महोत्तरीको बर्दिवासमा स्थापना भएको
सहकारी संस्थाले
विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्दै आइरहेको छ । सो सहकारी संस्थाले क्रृण पनि सदस्य महिलालाई मात्र दिने गरेको छ । संस्थाबाट त्रृmण लिने महिलाहरुले ब्युटिपार्लर, पसल, गाइ पालन,बंगुर पालन तरकारी खेती लगायतमा लगानी गर्ने गरेको संस्थाकी अध्यक्ष शारदा दाहालले जानकारी दिइन् । १ सय रुपैयाको शेयर लिने गरी २५ जनाबाट शुरु भएको संस्थामा हाल २ हजार भन्दा बढी महिला सदस्य छन् ।

संस्थाले बेला बेलामा सदस्य महिलाहरुका लागी शीपमुलक तालिमहरु पनि दिर्दैै आएको छ । सो तालिम लिने महिलाहरुले राम्रो आय आर्जन पनि गरिरहेको देखिन आएको छ । संस्थाले अहिलेसम्म दश करोड भन्दा बढीको कारोवार गरिसकेको छ । संस्थाको जगेडा कोषमा भने १ करोड रुपैया भन्दा बढी जम्मा भइसकेको छ । महिलाहरु मात्रै सदस्य हुन पाउने सो सहकारीले विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्दै आइरहेको सहकारीका सदस्य महिलाहरु बताउ छन ।
संस्थाले बेला बेलामा सदस्य महिलाहरुका लागी शीपमुलक तालिमहरु पनि प्रदान गर्दै आएको छ । सो तालिम लिने महिलाहरुले राम्रो आय आर्जन पनि गरिरहेको अध्यक्ष् दहालले जानकारी दिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button