महोत्तरी जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरियो



प्रदेश संवाददाता


भदौ ३१ गते ।

महोत्तरी जिल्ला आज एक कार्यक्रम बीच खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।
जलेश्वरमा आयोजित कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले घोषणा पत्र बाचन गर्नु हुँदै महोत्तरी जिल्ला लाई खुल्ला दिशा मुक्त घोषणा गर्नु भएको हो ।

कार्यक्रममा मुख्यमन्त्री राउतले जिल्ला लाई खुल्ला दिसामुक्त घोषणा गरिए पनि जनमानसमा सकारात्मक सोचको विकास गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो ,‘ घरमा शौचालय बनाइए पनि त्यसमा बस्ने बानीको विकास गर्न सबै निकायलाई समन्वय गर्दै जनमानसमा साकारात्मक सोचको विकास गर्नु आवश्यक छ ।’

मुख्यमन्त्री राउतले कतिपय दलित बस्तीहरुमा अझै शौचालयको आभाव रहेको उल्लेख गर्नु हुँदै त्यस्ता बस्तीहरुको पहिचान गरि शौचालय निर्माणको लागि सहकार्य गर्न स्थानीय तहका प्रमुखहरु संग आग्रह समेत गर्नु भयो ।

 

प्रदेश सरकार स्वच्छता प्रति सजग रहेको उल्लेख गर्नु हुँदै उहाँले भन्नु भयो,‘ प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान संचालन गरेको छ । त्यस अन्तर्गत अगामी दिनमा स्वच्छतामा दिगो विकासको लागि विभिन्न कार्यक्रम संचालन गर्दछौ । त्यसमा सबै तह र निकाय सहकार्य गर्न आग्रह गर्दछौ।

जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश प्रसाद सिंहको अध्यक्षतामा भएको खुल्ला दिसामुक्त कार्यक्रममा विभिन्न अभियानीहरुलाई सम्मान समेत गरिएको थियो ।
यसैबीच मुख्यमन्त्री लालबाबु राउतले जलेश्वर नगरपालिकामा हरियाली अभियान अन्तर्गत वृक्षा रोपणको शुभारम्भ समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button