गुण्स्तरीय शिक्षा सम्बन्धि सामुदायिक सम्वाद सम्पन



निकेश खनाल
भदौ २९
नेपालको विद्यालय शिक्षाका नीति तथा कार्यक्रमसम्बन्धी विभिन्न दस्तावेजले गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि बालमैत्री सिकाइमा जोड दिइएको छ । तर, यो अवधारणा मुख्य प्राथमिकतामा परेको भने देखिन्न ।
अझै पनि सरकारको प्राथमिकता, शैक्षिक प्रक्रिया र नतिजामा भन्दा लगानीमै बढि रहेको देखिन्छ । नेपालको शिक्षा क्षेत्रमा विभिन्न गैरसरकारी, अन्तर्रा्ष्ट्रिय संघ–संस्थाले बालमैत्री विद्यालयका प्रवद्र्धन गर्ने कार्यमा केही वर्षयता लगानी गर्दै आएको छ ।


महोत्तरीको बर्दिवासमा आईतवार शिशु कल्याण आधारभुत बिद्यालय को आयोजना तथा सेभ द चिल्ड्रेन ,सामुदायिक परिवार कल्याण संघ सि एफ डब्लु ए को साझेदारीमा बर्दिवास नगरपालिकाको समन्यनमा गुणस्तरीय शिक्षा सम्बन्धि सम्वाद कार्यक्रममा सहभागीहरुले बालमैत्री विद्यालयहरूलाई आर्थिक सहायता, बालमैत्री सिकाइलाई सहयोग पुग्ने सामग्री तथा शिक्षक तालिम आदि पूर्ण रूपमा उपलब्ध गराउनु पर्ने कुरामा जोड दिएका छन ।
बिद्यालयका विद्यार्थी, अभिभावकहरुले बालमैत्री विद्यालयको सैद्धान्तिक अवधारणा र आधारभूत मूल्य मान्यताका सम्बन्धमा बिद्यालय स्पष्ट रहेपनी कार्यान्वयन पक्षमा भने पुर्ण तदारूकता नरहेको बताए ।

उनीहरुले बालमैत्री कार्यक्रम लागू भएपछि शिक्षण सिकाइ वातावरणमा सुधार भएको बताउदै कक्षाकोठाको वातावरणमा परिवर्तन आएको र बालमैत्री वातावरण कार्यनयन भएको बताए छन ।


बिद्यालयमा प्रशस्त मात्रामा शैक्षिक सामग्रीको प्रयोगको आवश्यकता आल्याउदै बहुविधिको प्रयोग गरीनुपर्ने भन्दै बालबालिकाको सहभागितामा मनोरञ्जनपूर्ण पठनपाठन ,बालमैत्री विद्यालयमा अध्यापनरत शिक्षकहरू बालमैत्री शिक्षणका बारेमा बिभिन्न किसिमका तालिम गराईनु बिद्यालयका सकारात्मक पक्ष भएको सहभागीहरुले बताए ।

बालमैत्री विद्यालयहरूमा मुख्यतया शिक्षक तथा विद्यार्थीहरू सुमधुर सम्बन्ध स्थापित हुनु, मनोरञ्जनपूर्ण सिकाइ हुनु र विद्यार्थीहरूमाथि हुने गरेको शारीरिक दण्ड सजायको अन्त्य हुनु बालमैली सिकाइका उपलब्धि हुन् ।
बालमैत्री विद्यालय गुणस्तरीय शिक्षाका लागि अपरिहार्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button