महोत्तरीमा कुखुरा फर्ममा आगलागी



निकेश खनाल
बर्दिवास भदौ १३


महोत्तरीको गौशला नगरपालिका ६ फुल्काहामा रहेको एक कुखुराको फर्ममा शुक्रवार बिहान आगलागी भएको छ । सोही ठेगाना घर भएका शैलेन्द्र कुमार यादवले सञ्चालन गरेको कुखुरा फर्ममा आज बिहान एक्कासी आगलागी हुँदा कुखुराको दाना चल्ला र फर्मगरी २ लाख ५० हजार बरावरको छती भएको हो । कुखुरा फर्ममा आगो लागेको देखेपछी स्थानियले प्रहरीलाई खवर गरेका थिए आगलागी भएको थाहा पाएपछी ईलाका प्रहरी कार्यालय गौशलाको प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना स्थल पुगेपछी प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिईएको महोत्तरी प्रहरीले जनाएको छ ।क्ष्आगो किन र कसरी लागेकोहो भन्ने बिषयमा अनुसन्धान भै रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button