बसले ठक्कर दिदा साईकल यात्रीको मृत्यु



हटौंडा स् मकवानपुरको मनहरि गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई शनिबार राति ठक्कर दिएको थियो। ठक्करबाट घाइते स्याङतानको उपचारका क्रममा मृत्यु भएको हो। बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
च्भबम mयचभ बतस् जततउकस्ररतजबजबपजबदबच.अयmरलभधकरडढद्दढद्ध


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button