काठमाडौंको असनमा आगलागी



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
काठमाडौंको असनमा शुक्रबार साँझ आगलागी भएको छ । असनको केलटोलको एक घरको चौथो तलाबाट फैलिएको आगोलाई
काठमाडौं महानगरपालिकाको ३ वटा र ललितपुर महानगरपालिकाको एउटा दमकलसहित पानी बोक्ने ट्याङ्कर प्रयोग गरि स्थानीयको सहयोगमा आगो निभाईएको प्रहरीले जनाएको छ।
काठले बनेको घरमा आगलागी भएकोले अरु घरमा पनि फैलिने खतरा देखिएको छ।
आगलागी कसरी सुरु भयो र कति क्षति भयो भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button