आलुको बोराबाट साढे तीन लाख सहित   दुई पक्राउ



आलुको बोराबाट साढे तीन लाख रुपैयाँ सहित   दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–२ का ३३ वर्षीय जन्मजय यादव र २० वर्षीय रञ्जन बैठा रहेका छन् ।  उनीहरुको साथबाट  स्रोत नखुलेको  रु. १ हजार, ५ सय, १ सय, ५०, २०, १० र ५ दरका नोट गरी कुल ३ लाख ५५ हजार बरामद गरिएकाे छ ।


आलुको बोरामा लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको  हाे ।

उनीहरुले प्रयोग गरेको बीआर २२ भी ३८२५ भारतीय नम्बरको मोटरसाइकल समेत बरामद  गरिएकाे छ  । दुवै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।

पक्राउ परेका दुवै  जनालाई बैङ्किङ तथा वित्तिय कसुर मुद्धा अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भैरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button