धान राेप्दै विराेध जनाउदै सप्तरीका युवाहरू



सप्तरीका युवाहरुले फरक शैलीमा विरोध जनाएका छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ का युवाले डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा स्थानीय सरकारले ध्यान नदिएपछि सडकमै धान रोपेर विरोध जनाएका हुन ।


तोपा गाउँस्थित राजविराज हनुमाननगर सडक खण्डमा मंगलबार उनीहरुले धान रोपाइँ गर्दै विरोधको फरक शैली अपनाएका छन् । तथापि नेपाली समाजमा यो विरोध नौलो भने होइन । यस अघि पनि धेरै पटक देशका विभिन्न स्थानमा विरोधको यो शैली अपनाइएको थियो ।
जीर्ण सडकका कारण वर्षामा हिलो र सुक्खा याममा धूलोले सास्ती दिने गरेको भए पनि मर्मत सम्भारमा कुनै चासो नदिएपछि बाध्य भएर रोपाइँ गर्नु परेको स्थानीय युवाहरुले बताए ।

डेढ वर्ष देखि सडक मर्मत हुन नसक्दा थुप्रै पटक दुर्घटनासमेत भइसकेको विरोधी युवाहरुले गुनासो गरे । उनीहरुले आफूहरुले रोपाइँ गर्नु रहर नभइ बाध्यता भएको बताउदै स्थानीय सरकार प्रति आक्रोश पोखेका छन् । सडकमा रोपाइँ गरेपछि सप्तरीको सदरमुकाम राजविराजदेखि पूर्वतर्फको आवागमन प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button