जलाएर अनिताको हत्या



 


सिरहाको औरही  गाउँपालिका ५ मा शुक्रबार राति खाना पकाउने क्रममा जलेर गम्भिर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
घाइते विनोद यादवकी पत्नी अन्दाजी २५ वर्षीया अनितादेवी यादवको आइतबार बिहान काठमाडौंको कीर्तिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अनितालाइ विराटनगरमा उपचार सम्भव नभएपछि शनिबार साँझ एम्बुलेन्समार्फत थप उपचारका लागि काठमाडौं लगिए पनि अस्पताल र्पुयाएलगत्तै उनलाई आइतबार बिहान चिकित्सकले मृत घोषित गरेको छ ।

यता अनितालाइ जलाएर मारिएको भन्दै जिल्ला प्रहरी सिराहामा मौखिक उजुरी परेको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उजुरीपछि मोरङ प्रहरीको सहयोगमा विराटनगरबाट पति विनोदलाई नियन्त्रणमा लिएर शनिबार साँझ सिरहा ल्याइएको थियो ।
विनोद पछिल्लो हप्ता मात्रै वैदेशिक रोजगारी साउदी अरबबाट घर फर्किएका थिए उनलाई भाउजु चौरासीवतीले अनिताको चरित्रको विषयमा कुरा लगाएर आगो लगाइ हत्या गरेको माइती पक्षको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button