कविलासी नगरपालिकाको काम एक सातादेखि ठप्प



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाही क्षेत्र नम्बर(३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाइ ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि नगरपालिकाको कामकाज ठप्प छ।
आफूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेको योजना कार्यान्वयन गर्न खोज्दा प्रदेश सभा सदस्य यादवले धम्काउने गरेकाले आफू त्यस ठाउँमा बसेर काम गर्न नसक्ने प्रमुख प्रशासकीय अधिकृत महतोको भनाइ छ। सदस्य यादवले आफू अनुकूलको काम नगरेकाले पटक(पटक आफूलाइ ज्यान मार्ने धम्की दिँदै आएको महतोले आरोप लगाए ।
नगरपालिकामा बसेर काम गर्ने वातावरण नभएकाले सरुवाका लागि उनीे संघीय राजधानी काठमाण्डौमा छन । महतोे सरुवाको माग गर्दै राजधानी पुगेपछि नगपालिकाको सम्पूर्ण कामकाज ठप्प हुनका साथै विकासका योजना प्रभावित भएका छन्।
कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर राय र प्रमुख प्रशासकीय अधिकृत महतो मिलेर नगरपालिकामा व्यापक अनियमितता र भ्रष्टाचार गरेको प्रदेश सभा सदस्य सञ्जय यादवले आरोप लगाएका छन ।
प्रदेश सभा सदस्य यादवले ‘कविलासी नगरपालिका भ्रष्टाचार र अनियमितताको कारण कालो सूचीमा परेको छ, मैले हाकिम र नगर प्रमुखलाइ पटक(पटक हिसाब देखाउन भनेँ, उनीहरुले देखाएनन, हाकिमले सरुवा मागेपछि मैले हिसाब नदेखाइ जहाँ गए पनि मुन्ट्याएर ल्याउँछु भनेको हु, बाँकी हाकिम आफैँले गलत प्रचार गरेका हुन्।’
प्रदेश सभा सदस्य यादव कविलासी नगरपालिकाकाका स्थायी बासिन्दा हुन । उनी संघीय समाजवादी फोरमबाट प्रदेश सभामा निर्वा्चित हभएका हुन । प्रदेश सभा सदस्य सञ्जय यादवको ‘दादागिरी’को कारण कुनै कर्माचारी नगरपालिकामा बसेर काम गर्न नसक्ने र छोटो अवधिमै सरुवा गराएर जाने गरेको कविलासी नगरपालिकका प्रमुख कौशलकिशोर रायले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button