मालबाहक सवारीमा भ्याट प्रक्रियाले साना यातायात व्यावसायी मारमा



रितिक अधिकारि
बाराका साना तथा ठुला मालबाहक यातायात व्यावसायीहरु मुल्य अभिबृद्धि कर(भ्याट)मा दर्ता नहुँदा सामान ओसार पसारमा समस्या आएको छ ।
सरकारले पौष १ गतेदेखि ढुवानी भाडामा अनिर्वाय भ्याट लागु गरेपछि यातायात व्यावसायीहरुले सामान लोड अनलोड नगर्दा समस्या सृजना भएको हो । सरकारले ऐन संसोधन मार्फत चालु आर्थिक वर्षदेखि नै साना तथा ठुला मालबाहक सवारी साधनमा भ्याट अनिवार्य लगाउने निर्णय गरेको थियो ।
यस क्षेत्रबाटमात्रै दैनिक करिब १ हजारको हाराहारीमा लोड हुने गरेका मालबाहक सवारी साधन अहिले करिब १ सय वटा मात्र लोड हुने गरेको यातायात व्यावसायी खडक प्रसाद मैनालीले बताए । भ्याट तथा प्यानमा दर्ता नभएका सवारी साधनहरुलाई मालबाहक सामान ओसार पसारमा रोक लगाउने निर्णय गर्नुको साथै भाडा भुत्तानी नगर्न निर्देशन दिएपछि मालबाहक सवारी साधनमा सामान लोड अनलोड नभएको मैनालीको भनाई छ ।
सरकारले सहजीकरण गरि दिए आफुहरु कर तिर्न तयार रहेको यातायात व्यावसायी मैनालीले बताए भयो । भ्याटमा जाने प्रक्रियामा साना यातायात व्यावसायीहरुलाई महासंघले कुनै जानकारी नगराएका कारण आफुहरु मारमा परेको स्वतन्त्र चालक समाज नेपालका अध्यक्ष बसन्त शर्माको गुनासो छ । मालबाहक सवारी साधनमा भ्याट लगाउँदा ठुला सवारी साधनलाई असर नपरेपनि आफुहरु निकै मारमा परेको शर्माको भनाई छ । अधिकांश यातायात व्यावसायी सामान्य लेखपढ गर्न नसक्ने भएका कारण समेत भ्याट कसरी काट्ने तथा खुद्रा वस्तुको विलिङ कसरी गर्ने भन्ने विषयमा समस्या आउने शर्माको भनाई छ ।
हाल देशभर २४ वटा मालबाहक यातायात व्यावसायी संघ रहेका छन भने ती संघमा करिब ६५ हजार भन्दाबढी यातायात व्यावसायीहरु आवद्ध रहेका छन । उनिहरुले पटक पटक सरकारसंग भ्याट लागु गर्ने विषयमा छलफल गरेको बताएका छन । अर्थ मन्त्री डा. युवराज खतिवडाले मध्यमार्गी बाटो खोजेर सेफ ल्याण्डिं गर्ने बताएपनि सहजता प्रदान गर्न नसकेको भन्दै उनिहरुले पटक पटक आन्दोलनका कार्यक्रमहरु समेत गरि रहेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button