जाडोमा डोम समुदायलाई बल्याङकेट



धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा गंगोत्री ईग्लीस बोर्डिंग स्कुलको सहयोगमा शनिबार एक कार्यक्रमका बिच डोम समुदायलाई बल्याङकेट वितरण गरिएको छ । हर्षित नेपालको आयोजना तथा गंगोत्री स्कुलको सहयोग एवं समन्वयमा क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकाकामा बसोबास गर्ने ३५ घरको डोम परिवारलाई न्यानो बल्याङकेट वितरण गरिएको छ ।


कार्यक्रममा बोल्दै धनुषा प्याब्सनका जिल्ला अध्यक्ष गणेश साहले प्याब्सनले जनकपुरको कविर अनाथ आश्रममा पनि बल्याङकेट र खाद्यान्न वितरण गर्ने साथै डोम समुदायका अब्बल विद्यार्थीहरुको लागि निःशुल्क पठन पाठनको प्याकेज चाँडै लिएर आउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button