बँदेल आक्रमणबाट सप्तरीमा महिलाको मृत्यु

सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको बँदेलको आक्रमणबाट मृत्यु भएको छ।
घर नजिकै जङ्गलमा खर काटन गएकी उनलाई जङ्गली बँदेलले आक्रमण गर्दा घाइते भएकी थिइन ।
घाईते उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।