महोत्तरीमा मोटरसाइकल दुर्घटना , एकजनाको मृत्यु



मेरो प्रदेश सम्वददाता
महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सोनमा गाउँपालिका ५ रघुनाथपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प ४५३० नम्बरको मोटरसाईकल सडकमा हिडिरहेको स्याललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाईकल चालक महोत्तरीको मनरासिश्वा नगरपालिका १ बस्ने ४५ वर्षीय लक्ष्मी साहको मत्यु भएकोे हो ।
महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश बिष्टका अनुसार गम्भीर घाइते भएका साहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो ।
पछाडि सबार मनरासिस्वाकै २२ वर्षीय संजीव यादव घाइते भएका छन् । उनको सम्सीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button