महोत्तरीको बर्दिबास नगरपालिका ५ मा करेन्ट लागेर एक जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता


महोत्तरीको बर्दिबास नगरपालिका ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर  ढुङ्ग्रे गढान्ताका २१ वर्षीय कृष्ण घिमिरेको मृत्यु भएको हो ।

बुधबार  गढान्ताकै अक्वा पानी उद्योगमा कार्यरत्त घिमिरेले पानी राख्ने जार सफा गर्ने क्रममा करेन्ट लागि घाइते भएको र  उपचारको क्रममा शुभ स्वास्तिक अस्पताल बर्दिबासमा सवा २ बजे मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button