कोरोनाको दोस्रा लहर शुरु भए यता महोत्तरीमा हालसम्म २२ जनाको मृत्यु



मेरो प्रदेश सम्वददाता
कोरोनाको दोस्रा लहर शुरु भए यता महोत्तरीमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट महोत्तरीमा थप तीनजनाको मृत्यु भएका पछि मृत्यु हुनेको संख्या २२ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतबार सम्सी गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुष , औरही नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुष र गौशाला नगरपालिकाका वडा नम्बर ४ का ४० वर्षीय पुरूषको मृत्यु भएका हो ।
सम्सी गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको ४२ वर्षीय भाईको एक साताअघि नै कोरोनाकै कारण मृत्यु भएको थियो ।
एक साता भित्र कोरोनाबाट दाजुभाइको मृत्यु भएका हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button