पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक सय ८७ जनाको ज्यान गयो



मेरो प्रदेशसम्वाददाता
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक सय ८७ जनाको ज्यान गएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार चार सय ५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ३३ हजार एक सय आठ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय ५६ पुगेको छ । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार सात सय ४० पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button