मोटरसाइकलको ठक्करबाट धनुषामा १जनाको ज्यान गयो



मेरो प्रदेश सम्वददाता
मोटरसाइकलको ठक्करबाट धनुषामा १जनाको ज्यान गएको छ ।
ढल्केवरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार मृतकको पहिचान भने खुल्न नसकेका छैन ।
बिहिबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४६ प ८२१७ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षकसुवेदीका अनुसार एक्कासी बाटो काटेपछि दुर्घटना भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका युवालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको र सो अस्पतालनमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सुवेदीले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक झापा हल्दीबारी गाउँपालिका १ रामचौक बस्ने २१ वर्षीय नवराज ओली र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ वर्षीय मिलन कटुवाल सामान्य घाइते भएको र ढल्केवरस्थित एक निजी स्वास्थ्य उपचार केन्द्रमा उनिहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button