चोरीको मोटरसाईकलसहित महोत्तरीको गौशालाबाट एकजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
चोरीको मोटरसाईकलसहित महोत्तरीको गौशालाबाट एकजना पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार गौशाला नगरपालिका वडा नं. ८ कुशमारीका २३ वर्षिय लक्ष्मण साह पक्राउ परेका हुन ।
गत चैत्र ९ गते राती बर्दिवास नगरपालिका वडा नं. ३ गौरीडाडा स्थित डेरा कोठा गरी बस्दै आएका इन्जिनियर मनोज कुमार महतोको ज१०प ७९१४ नम्बरको मोटरसाईकल हराएको थियो
मोटरसाईकल चोरहरुको समूहले साही मोटरसाईकल चोरी गरेका र नम्बर परिवर्तन गरी बा.९४ प ९७८८ नक्कली प्लेट नम्वर हाली प्रयोग गरेका थिए ।


विशेष सुराकीको आधारमा मंगलवार प्रहरीले मोटरसाईकल सहित साहलाई पक्राउ गरेको हो ।
प्रहरीले इन्जिन र चेचिस नम्बरका आधारमा साहलाई पक्राउ गरेको हो ।
साहले मोटरसाईकलको हयान्डलको लक भाँची चोरी गरेका थिए ।
साहलाई कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिवासलाई बुधवार बुझाइएको छ ।
दुई महिना अघि बर्दिवास क्षेत्रबाट चोरका गिरोहले श्रृखलावद्धरुपमा एक दर्जन भन्दाबढी मोटरसाईकलहरु चोरेका थिए ।
इलाका प्रहरी कार्यालय बर्दिवाका इन्स्पेक्टर बालिष्टर सिंहका अनुसार साहमाथि महोत्तरी जिल्ला अदालत महोत्तरीबाट ८ दिनको म्याद लिई अनुसन्धान थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button