आजमात्र कोरोना भाइरस संक्रमणबाट २२५ जनाको मृत्यु, ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
देशभरीमा आजमात्र कोरोना भाइरस संक्रमणबाट २२५ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
नेपाली सेनाले २२५ जनाको शव आज व्यवस्थापन गरेको वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button