महोत्तरीमाँँँँँ ७ जेठमा विवाह तय भएका प्रहरी जवानले गरे आत्महत्या



मेरो प्रदेश सम्वादाता


महोत्तरीमाँँँँँ ७ जेठमा विवाह तय भएका प्रहरी जवानले आत्महत्या गरेका छन् ।
महोत्तरीको सम्सी गाउँपालिकास्थित प्रहरी चौकी सम्सीमा कार्यरत २५ वर्षीय प्रहरी जवान जीतेन्द्र साह झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार पर्सा जिल्लाको बहदुरबामाई नगरपालिका १ घर भई ढल्केवरस्थित प्रहरी गणमा दरबन्दी भई विगत सात महिनादेखि उनी सम्सी प्रहरी चौकीमा कार्यरत साह प्रहरी चौकीबाट करिब ७ सय मिटर पश्चिम खाली चौरमा झुण्डिएको अवस्थामा मंगलबार बिहान शव फेला परेको हो ।
आँपको रूखमा पासो लगाएको अवस्थामा उनको शव भेटिएको हो ।
प्रहरी जवान साहले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि, अनुसन्धान पूरा नहुन्जेल आत्महत्या वा हत्या भन्न नसकिने डीएसपी विष्टले बताउनुभयो ।
प्रहरी जवान साहको आगामी ७ जेठमा विवाह तय भएको थियो । ‘विवाहको तयारीका लागि आजै बिदा लिएर उनी घर जाने तयारीमा थिए, डीएसपी विष्ट को भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button