लागुऔषधसहित महोत्तरीबाट २ युवक पक्राउ



मेरो प्रदेश सम्वददाता
महोत्तरीमा लागुऔषधसहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ् ।
सम्सीबाट गौशाला नगरपालिका–५ बस्ने २९ वर्षीय अक्षयकुमार अर्याल र धादिङ्ग धुनिबेसि नगरपालिका ७ बस्ने ३२ वर्षीय सरोज पाण्डेयलाई मंगलबार लागुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डाइजलेड ४४ पिस, नुरुफीन ४४ फेनारगन ४३ पिस बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टका अनुसार बा ६७ प ४७६६ नम्वरको मोटरसाईकलमा बर्दिवास तर्फ अउँदै गरेको युवकहरुलाई औरही नगरपालिका ४ मा चेक जाँच गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएकोे हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button