महोत्तरीको जलेश्वर नगरपालिकाका संक्रमितको मृत्युुपछि प्रादेशिक कोभिड अस्पताल जनकपुरमा तोडफोड, दुईजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
महोत्तरीको जलेश्वर नगरपालिकाका संक्रमितको मृत्युुपछि प्रादेशिक कोभिड अस्पताल जनकपुरमा तोडफोड भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षीय सुखीचन महतो जलेश्वर अस्पतालमा उपचार भइरहेका लाई सिकिस्त अवस्थामा भर्नाका लागि प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो । सिकिस्त अवस्थामा उपचारको लागि ल्याउँदा बाटोमै मृत्यु भएको र सो आवेशमा अस्पतालमा पसेर तोडफोड गरेको मेसु यादव बताउनु भयो ।
सिकिस्त संक्रमितको मृत्युुपछि प्रादेशिक कोभिड अस्पताल जनकपुरमा तोडफोड भएको हो ।


मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवका अनुसार समयमै भर्ना नगर्दा मृत्यु भएको भन्दै एक समूहले मंगलबार साढे ५ बजे अस्पतालमा दुईवटा भेन्टिलेटर, झ्याल, फर्निचरसहित तोडफोड गर्दै कर्माचारी र नर्समाथि समेत हातपात ्हो ।

डा. यादवका अनुसार ५÷६ जााको समूहमा रहेका समूहमा रहेका मानिसहरुले अस्पतालमा तोडफोड र कर्मचारी तथा स्वास्थ्यकर्मीलाई कुटपिट गरेको हो ।

तोडफोड गर्ने २ जनालाई पक्राउ गरेको , अन्य केही व्यक्तिहरु फरार रहेको र तिनीहरुको खोजविन भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button