सप्तरीबाट हतियारसहित दुई जना पक्राउ



मेरो प्रदेश सम्वददाता
सप्तरीमा हतियारसहित दुई जना पक्राउ परेका छन् ।
बिष्णुपुर गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साह र वडा न.–७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मालाई पक्राउ गरेको हो ।
आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले दुवै जना युवकलाई सार्वजनिक गरेको छ ।
उनिहरुलाई वडा न.–६ बाट कटुवा पेस्तोल र २ राउण्ड गोलीसहिर्त शनिबार दिउँसो पक्राउ गरेको थियो ।
प्रहरीले स.७ प ९६७० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई पक्राउ गरेको े प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button