सप्तरीमा पेस्तोलसहित दुईजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरीमा पेस्तोलसहित दुईजना पक्राउ परेको छ ।
राजविराजबाट कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीले स ७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक विष्णुपुर गाउँपालिका–७ बस्ने २० वर्षीय महेन्द्रकुमार शमा र मोटरसाइकलमा सवार सोही गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साहलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button