माहानायक राजेश हमाल मैथिली फिल्ममा पनि अभियन गर्न इच्छुक



मेरो प्रदेश सम्वददाता
नेपाली चलचित्रका माहानायक राजेश हमाल आफु मैथिली फिल्ममा पनि अभियन गर्न इच्छुक रहेको बताउनु भएको छ ।
जनकपुरमा आयोजित जनकपुर साहित्यिक महोत्सवमा शनिबार बोल्दै माहानायक राजेश हमालले आफुलाई अवसर दिए मैथिली फिल्ममा पनि अभियन गर्ने बताउनु भएका हो ।
आफुले देशको पूर्वदेखि पश्चिम र हिमालदेखि तराई मधेशसम्मका सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने अभिनय गरेको र अब अवसर पाए मैथिली सिनेमामा पनि अभिनय गर्ने
बताउनु भएका हो । एउटा भाषमा मात्र मैले अभिनय गरेपनि त्यो नेपाली भाषामा गरेको छु उँहाको भनाई थियो ।


यसैबिच
बलिउडकी नेपाली चर्चित नायिका मनिषा कोइरालाले नेपालमा कलाकारको कमी नभएपनि उनीहरुले ठाउँ नपाएको बताउनुभएको छ । महोत्सवमा बोल्दै नेपालमा कलाकारहरुले प्लेटफर्म नपाएका बताउनुभएको हो ।
उहाँले आफन्तको पहुँचले मात्र फिल्म लगायत कुनैपनि क्षेत्रमा स्थापित हुन नसकिने बताउँदै त्यसको लागि योग्यता, क्षमता एवं अत्यन्तै मिहिनेत गर्नुपर्ने अनुभति व्यक्त गर्नुभयो । अभिनेत्री कोइरालाले आफु थिएटरको सौखिन रहेको भन्दै विकसित देशहरुले कला, साहित्य, खेललाई निकै सहयोग एवं महत्व दिने गरेको र अभिनेत्री कोइरालाले यी विधाहरुलाई राष्ट्रले महत्व दिनुपर्नेमा जोड दिनुभयो ।
फिल्मा नै कतिपय नायक नायिकाकी छोराछोरी छन् । उनीहरुले निकै मिहिनेत गरेर ठाउँ पाएका हुन्छन् योग्यता, क्षमता एवं अत्यन्तै मिहिनेत बिना अभिनय गरे फ्लोप हुन्छ । त्यसपछि अघि बढ्नै सक्दैनन् । फिल्म क्षेत्रमा मात्र होइन कुनैपनि क्षेत्रमा स्थापित हुन अत्यन्तै योग्यता क्षमतावाण, आत्मविश्वा र कडा परिश्रमको आवश्यक्ता पर्छ कोईरालाको भनाई थियो ।
मैले सानो सर्ट फिल्म स्टोरी फेस्टिवलको केहि वर्ष अघि जर्ज गर्ने मौकाए पाएकी थिएँ । त्यसमा यस्तो राम्रो राम्रो सिनेमाहरु हेरे, त्यतिबेला मलाई त लाग्यो । यहाँ त कलाकारको कमी रहेनछ । खाली उनीहरुले ठूलो प्लेटफार्म पाएको हुँदैन । कोईरालाले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button