महोत्तरीमा एक व्यक्ति मृत भेटिए



मेरो प्रदेश सम्वाददाता
महोत्तरीमा एक व्यक्ति मृत भेटिएका छन् ।
महोत्तरी लोहारपट्टी नगरपालिका –८ मा बस्दै आएका एक व्यक्ति मृत भेटिएका हुन् ।
अन्दाजी वर्ष ३५ का रामजोधि पटेल बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
रौतहटको बृन्दाबन नगरपालिका–१ घर भएका महोत्तरी लोहारपट्टी नगरपालिका –८ मा बस्दै आएका मजदुर थिए ।
उनि बिहीबार बिहान ७ बजे ओछ्यानमै मृत फेला परेका पछि स्थानीयले जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी भ्रमरपुरामा खबर गरेका थिए ।
महोत्तरी र प्रहरी चौकी भ्रमरपुराबाट गएको टोलीले शवको मुचुल्का गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएनुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button