महोत्तरीमा स्थानीयद्वारा प्रधानाध्यापकमाथि ेहातपात



मेरो प्रदेश सम्वददाता
महोत्तरीमा स्थानीयद्वारा प्रधानाध्यापकमाथि ेहातपात भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका ६ मा रहेको श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहाका प्रधानाध्यापकमाथि हातपात भएको हो ।
प्रधानाध्यापक शैलेन्द्र कुमार ठाकुरमाथि स्थानीयले हातपात गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र राय यादवलबताउनु भयो ।
विद्यालयमा सञ्चालित दिवाखाजा समितिको नामबाट श्रीमतीको नाम हटाएको भन्दै स्थानीय रामबाबु यादव उर्फ जहराले हातपात गरेका हुन् ।
मंगलबार प्रधानाध्यापकमाथि यादव र उनका छोरा मनोहर यादवले गाली गलौज समेत गरेको हो ।
विद्यालयमा गठित दिवा खाजा व्यवस्थापन समितिको नाममा रहँदै आएको श्रीमती शान्तिदेवी यादवलाई एकाएक हटाएको भन्दै रामबाबुले आफूलाई हातपात गरेको र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले सम्झाउदा समेत नमानेका प्रधानाध्यापक ठाकुरले बताउनुभयो ।
प्रधानाध्यापक ठाकुरले भने समिति गठन गर्ने क्रममा आफूले वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै सो समितिलाई पूर्णता दिएको बताउनुभयो ।
रामबाबु यादव वडा नं. ६ का वडासदस्य शान्तिदेवी यादवका श्रीमान रहेको र कुटपिटमा संलग्न दुबैजनालाई कारबाहीको लागि विद्यालय परिवारले सरोकारवाला निकायसमक्ष माग गरेका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button