सिरहामा निर्घात कुटपिटबाट एक जनाको मृत्यु



मेरो प्रदेश सम्वददाता
सिरहामा निर्घात कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
कुटाइबाट घाइते भएका सिरहा नगरपालिका–१८ इटारी बस्ने नन्दलाल यादवको छोरा २२ वर्षिय अजितकुमार यादवलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको परिवारले जनाएको छ ।
आपसी विवादका कारण इटारीकै सारहु मुनेश्वर यादव सगँ दुई दिनमा तीन चार पटक झगडा भएको स्थानीयको भनाइ छ ।
झगडामा मुनेश्वर लगायत उनले ल्याएका केही व्यक्तिले अजितलाई निर्घात कुटेको अजितका भाई नविनकुमार यादवले बताएको छ । कुटाईबाट अजितको शरीरको भित्री भागमा विशेष असर परेको कारण मृत्यु भएको यादवको भनाई छ ।
पत्नी अल्काकुमारी यादव र अजितबीच सामान्य विवाद हुँदा अल्का मुनेश्वरको घर पुगेकी थिइन् । अल्कालाई सम्झाई–बुझाई आफ्नो घर ल्याउन प्रयास गर्दा मुनेश्वरले अजितलाई निर्घाट कुटपिट गरेको नविनले बताएका छन् ।
पोष्टमार्टमको रिपोर्ट र थप अनुन्धान भएपछि मात्र विशेष कुरा बताउन मिल्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारील बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button