सर्लाहीमा पानीमा डुबेर बालिकाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सर्लाहीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
खाल्टोमा जमेको पानीमा डुबेर डेढ बर्षका बालिकाको मृत्यु भएको हो ।
ईश्वरपुर नगरपालिका ५ फुलजोरका रमेश मोक्तानको डेढ बर्षका बालिका अनिषा मोक्तानकोे पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार पानी जमेको खाल्टोको डिलमा खेल्ने क्रममा अचानक लडी पानीमा डुबेको र उपचारको क्रममा मृत्यु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button