नीलगाईको आक्रमणबाट एक जनाकाे ज्यान गयाे



 चितवनकाे माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान जानेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई दिउँसाे ४० बजे नीलगाईले आक्रमण गरेको थियो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button