कुटपिट गरि गर्भपतन गराएको आरोपमा सप्तरी महादेवामा तीन जना गिरफ्तार



मेरो प्रदेश सम्वाददाता


गर्भपतन गराएको आरोपमा सप्तरी महादेवामा तीन जना गिरफ्तार भएका छन् ।

एक महिलालाई कुटपिट गरि गर्भपतन गराएको आरोपमा तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो  ।

महादेवा गाउँपालिका वडा न.–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जना सोही ठाउँका हुन् ।

५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेशकुमार सिंहले े जनाएको छ ।

आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएको  थियो ।

खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहँु बारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बयान दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button