उपचारको क्रममा बालकको मृत्युपछि सर्लाहीको लालबन्दीमा प्रर्दशन

मेरो प्रदेश सम्वाददाता
उपचारको क्रममा बालकको मृत्युपछि सर्लाहीको लालबन्दीमा आक्रोशित गाउँलेले पूर्व–पश्चिम राजमार्गमा प्रर्दशन गरेको छ ।
लालबन्दी नगरपालिका–६, का रमेश गिरीका ७ महिने छोराको मृत्यृपछि सर्लाहीको लालबन्दीमा शुक्रबार अपरान्हदेखि तनावग्रस्त बनेको थियो ।
आक्रोशित गाउँलेले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर चक्काजाम समेत गरेका छन् ।
प्रहरीले करिव एक घण्टा अवरुद्ध भएको राजमार्ग सुचारु गरेको छ ।
अस्पतालले समयमै रेफर नगरेकाले घटना भएको भन्दै आक्रोशित आफन्त र गाउँले प्रदर्शन गरेको हो ।
लालबन्दी बजारमा रहेको गाउँमैत्री हेल्थ केयरमा केही दिनदेखि उपचार भइरहेको बालकलाई शुक्रबार उपचारका लागि बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
.