अवैध औषधिसहित धनुषाका एक जना पक्राउ



मेरो प्रदेश सम्वाददाता


अवैध औषधिसहित धनुषाका एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले सिरहाबाट अवैध औषधिसहित एकजनालाई पक्राउ गरेको हो ।

शुक्रबार सिरहाको भन्सार गेटमा चेकजाँचगर्ने क्रममा ५० हजार रुपैयाँ बराबरको अवैध औषधिसहित धनुषाको धुनषाधाम नगरपालिका–९ धारापानीका ४२ वर्षीय अब्जल मन्सुरलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

उनले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद भएको सशस्त्र प्रहरीको भनाई छ ।

सशस्त्र प्रहरीको टोलीले प्रदेश २, ०२,  ०११ प ४६४९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला मन्सुरलाई चेकजाँच पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button