१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई १८ बर्ष जेल सजाय

मेरो प्रदेश सम्वाददाता
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई १८ बर्ष जेल सजाय भएको छ ।
आरोपितले २०७६ भदौ १२ गते रातिे नशालु पदार्थ मिसाइएको फ्रुटी खान दिएर बेहोस बनाई बालिकालाई राजविराज नगरपालिका–४ मो पोखरी किनारमा लगेर बलात्कार गरेको थियो ।
सप्तरीको राजविराज नगरपालिका वडा न.४ का २२ वर्षीय आसमान निरालेलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको हो ।
सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले शुक्रवार्र निरालेलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।
२०७६ असोज ५ गतेको आदेशअनुसार आरोपित राजविराज कारागारमा थुनामानै रहेको छ ।