बर्दिवासस्थित कुटपिट घटनाका दोषीमाथि कारबाहीको माग गर्दै जनता माविका विद्यार्थी आन्दोलनमा



मेरो प्रदेश सम्वाददाता


महोत्तरीको बर्दिवासमा कुटपिट घटनाका दोषीमाथि कारबाहीको माग गर्दै जनता माविका विद्यार्थी आन्दोलनमा उत्रीएका छन् ।

जनता माध्यमिक विद्यालय गौरीडाँडाका विद्यार्थी आन्दोलनमा उत्रीएका हुन् ।

पूर्वप्रधानाध्यापक एवम् हालका शिक्षक नेत्र बहादुर रम्तलेमाथि विद्यालयमा आक्रमण भएको थियो ।

कुटपिट घटनाका दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

जनता माविको  गेटबाट निस्केकको विद्यार्थीको जुलुसले शिक्षक कुट्ने र जातिय दुव्र्यवहार गर्ने स्थानीय मनिष अर्याललाई कडा कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

विद्याथीले ‘स्कुल हाम्रो मन्दिर हो, भगवान कुट्न पाइँदैन’ लेखिएका  प्लेकार्ड सहित शुक्रबार बर्दिवासमा प्रदर्शन गरेका हुन्

बिहीबार आरोपी अर्यालले विद्यालय परिसरमै शिक्षक रम्तेललाई दुव्र्यहार गर्दै कुटपिट गरेका थिए ।

दलितको छोरो हेडमास्टर बनेर जमाएको भन्दै आफुमाथि उनले ढुङ्गा प्रहार गरेको पीडित शिक्षक रम्तेल पिडा पोखेको छ ।

विद्याथीले ज्ञापन पत्र बुझएपछि ज्ञापन पत्र बुझ्दैं इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीषक विरेन्द्र थापाले आरोपीलाई पक्राउ परिसकेकोले पीडित शिक्षकलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button