स्रोत नखुलेको २५ लाख भन्दा बढि रुपैयाँ सहित दुईजना बारा जिल्लाबाट पक्राउ



म्ेोरो प्रदेश सम्वाददाता


स्रोत नखुलेको २५ लाख भन्दा बढि रुपैयाँ सहित दुईजना बारा जिल्लाबाट पक्राउ परेका छन् ।

बुधवार बिहान साढे ११ बजे कलैया–मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपालिका– ८ बरेवा टोलमा चेकजाँचको क्रममा  दुईजना भारतीय नागरिक पक्राउ परेका हुन् ।

भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चेकजाँचको क्रममा स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ  फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

बी आर ०५ के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको हो । 

सोधपुछ गर्दा रकमको स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button