विद्यार्थीद्वारा महोत्तरीको गौशालामा विद्यालयमा ताला

मेरो प्रदेश सम्वाददाता
महोत्तरीको गौशालामा विद्यार्थीहरुले विद्यालयमा े ताला लगाएका छन् ।
बिहिवार त्रिभुवन माध्यमिक विद्यालयमा विद्यार्थीहरुले ताला लगाएका हुन् ।
कक्षा ९, १०, ११ र १२ का प्राविधिकतर्फका विद्यार्थीसँग विद्यालयले रकम उठाएकाले विद्यालयमा ताला लगाएको प्राविधिकतर्फका संयोजक सुरेन्द्र साहले बताउनुभयो ।
विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीसँग जनही १७ हजार र कक्षा ९ र १० का विद्यार्थीसँग आठ हजार पाँच सय रुपैयाँका दरले रकम उठाएको विद्यार्थीको बताएका छन् ।
संयोजक साहका अनुसार शुल्क उठाएकाले विद्यार्थीहरु असन्तुष्ट भएको हो ।
विद्यार्थीका १३ बुँदे मागबारे छलफल गरी समाधान खोज्ने गौशाला नगरपालिकाका प्रवक्ता भोजबहादुर दर्लामीले बताउनुभयो ।
विद्यालयमा ताला लगाए पश्चात विद्यार्थीले नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका एक विद्यार्थीले जनाएको छ ।