सिरहाका एक बालक आफ्नै काकाबाट े अपहरीत ,दुईजना पक्रउ



मेरो प्रदेश सम्वददाता


सिरहाका एक बालक आफ्नै काकाबाट े अपहरीत भएको पुष्टी भएको छ ।

दुई वर्षीय बालक प्रियान्सु यादवको अपहरण आफ्नै काकाले गरेको पुष्टी भएका हो ।

 सिरहा नगरपालिका–१ डुम्बाखाताका े प्रदिप यादवका २ वर्षीय छोरा प्रियांसुको गएको माघ २० गते आफ्नै घरको बरण्डाबाट अपहरण भएको थियो ।

घटनाको २० दिन पछि प्रहरीले काका कुलदीप यादव र सिरहा नगरपालिका १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीेले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको हा्े ।

सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीका  अनुसार  भरोसीकै योजनामा बालकको अपहरण गरी भारत लगेको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले दुबैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थपी अनुसन्धान गरिरहेको छ ।

बालक अपहरण भएको दुईदिन पछि  भारत े जिल्ला मधुवनी बाट भारतीय प्रहरीको सहयोगमा बालक ुलाई सिरहा प्रहरीले सकुशल उद्धार गरेर आमा संगिता कुमारी यादवलाई बालर्क  जिम्मा लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button