सप्तरीमा एक बालकको नालामा डुबेर ज्यान गयो

मेरो प्रदेश सम्वददाता
सप्तरीमा एक बालकको नालामा डुबेर ज्यान गएकोे छ ।
आइतबार दिउँसो धाराको पानी जम्ने खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
बालक मामाको बिहेमा मामा घरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह आएका समय घट्ना भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो ।
मृतक बालक भारतको बिहार सुपौल जिल्लाको गिदरमारीका बिनोद मेहताका छोरा राजेश रहेका प्रहरीले जनाएको छ ।
मृतक बालप ३ बर्षका थिए ।