धनुषाको जनकपुरमा एक जना मृत फेला प¥यो



मेरो प्रदेश सम्वाददाता
धनुषाको जनकपुरमा एक जना मृत फेला परेका छन् ।
जनकपुरको एक होटेलमा एक जना मृत फेला परेका हो ।
जनकपुर स्थित नमस्कार होटेलमा एक युवती झुण्डेको अवस्थामा मृत फेला परेकीे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।
शनिबार साँझ होटेलको कोठा नं. ११३ मा कोठाभित्र झन्डीएको अवस्थामा युवती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मिश्रले बताउनुभयो ।
समिक्षा पोखरेल पाण्डे नाम लेखाएकी युवती झुण्डेको अवस्थामा मृत फेला परेकी हुन् ।
होटेलको काउण्टरमो आफ्नो परिचयमा नाम समिक्षा पोखरेल पाण्डे, उमेर ३५ वर्ष र ठेगाना महोत्तरीको जलेश्वर नगरपालिका २ लेखाएको हाटलको रजिष्टरमा रहेको प्रहरीले जनाएको छ ।
भित्रबाट ढोकाको चुकु लगाएकै अवस्थामा झन्डीएर मृत्यु भएको देखेपछि होटेल संचालकले प्रहरीलाई खबर गरेका डिएसपी मिश्रको भनाई छ ।
युवती शुक्रबार दिउँसो १ बजे एकलै होटल आएर कोठा बुक गराएर बसेकी होटेल संचालकले जनाएको छ ।
घटना विषयमा थप अनुसन्धन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button