महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु



मेरो प्रदेश सम्वददाता
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
एउटा ट्याक्टरमा करेन्ट लाग्दा एकजना कोे मृत्यु भएको हो ।
ट्याक्टरमा टेलरको माटो झर्ने क्रममा टेलरले विद्युतको तार छुँदा ट्याक्टरमा करेन्ट प्रवाहभयी चालकको मृत्यु भएका हो ।
ज १ त ६३१७ नम्बरको ट्याक्टरका करेन्ट लाग्दा त्यसका चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय २३ वर्षीय मुकेश यादव रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिनुभयो ।
मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।
करेन्ट लागेर सिकिस्त घाईते भएका यादवलाई उपचारका लागि अस्पतार्ल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता बिष्टले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button