नेपालमा फेरी बर्ड फ्लु देखा प¥यो



मेरो प्रदेश सम्वददाता
नेपालमा फेरी बर्ड फ्लु देखापरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ मा बर्ड फ्लू देखिएको हो ।
वडा नं.१२ का किसानले पालेका कुखुरामा केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो ।
बर्ड फ्लू देखिए पछि दुई सय ७९ कुखुरा, १ सय २ परेवा, २२ अण्डा र ३१ किलो दाना नष्ट गरिए पशु सेवा विभागले जनाएको छ ।
रोग देखा परेको क्षेत्रलाई पूर्ण निसङ्क्रमण समेत गरि रोग नियन्त्रणमा सहजीकरण गर्न विज्ञ टोली खटिएको विभागले जनाएको छ ।
पशु सेवा विभागका अनुसार गएको माघमा काठमाण्डौको तारकेश्वर नगरपालिकामा देखा परेको बर्ड फ्लू भने नियन्त्रणमा आइसकेकोे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button